काठमाडौं । जिल्ला प्रहरी कार्यालय सुनसरीले एम्बुलेन्समा ४४० केजी गाँजा फेला पारेको छ ।
जिल्लाको धरान उपमहानगरपालिका–१३ स्थित ‘थाउजेन्ड्स बिग बुद्ध’ सडकमा रोकेर राखिएको एम्बुलेन्सभित्र उक्त परिमाणमा गाँजा भेटिएको हो ।
को १ च ७३५९ नम्बरको उक्त एम्बुलेन्स धरान उपमहानगर–१८ मा अवस्थित बुढासुब्बा डाइग्नोष्टिक सेन्टर प्रालिको रहेको प्रहरीले जानकारी दिएको छ ।
थप अनुसन्धान भइरहेको बताएको छ ।