काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता राम बहादुर थापा ‘बादल’ले मंगलबारको प्रतिनिधिसभा बैठकमा बोलेको विषय संसद्को रेकर्डबाट हटाउन सभामुखले रुलिङ गरेका छन् ।
थापाले मंगलबार बोलेको विषयमा रास्वपा सांसद मनिष खनालले आज पनि रेकर्डबाट हटाउन माग गरे । उनले माग गरेपछि एमालेका सांसद ऐन महरले समय मागे ।
सभामुखले समय दिएनन् । सभामुखले हिजोको कुरामा आफ्नो धारणा राख्न बाँकी भएको भन्दै समय दिएनन् । उनले आफूले समय नदिएको भन्दै बस्न आग्रह गरे । त्यसपछि सभामुखले उनको अभिव्यक्ति रेकर्डबाट हटाउन रुलिङ गरे ।