काठमाडौं । सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभामा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपस्थिति छैन ।
नीति तथा कार्यक्रमको विषयमा उठेका प्रश्नहरूको प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिएका छन् ।
जवाफपछि सभा अध्यक्ष नारायणप्रसाद दाहालले निर्णयार्थ प्रस्तुत गरे । एमालेले मतदानमा भाग नलिने बतायो । तर, अन्य सबैले नीति तथा कार्यक्रमको समर्थन गरे ।
त्यसपछि ध्वनि मतको आधारमा नीति तथा कार्यक्रम पारित गरिएको हो ।