काठमाडौं । सीजी मोटर्सले महामेला एक्सचेन्ज कार्निभल भृकुटीमण्डपमा जेठ ६गते (आजबाट ) ११ गतेसम्म आयोजना गर्दै विशेष अफरहरू सार्वजनिक गरेको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा लोकप्रिय गायक, संगीतकार तथा (एक्सपेङ जी६)का एन्डोर्सर कालीप्रसाद बास्कोटाको उपस्थिती रहको थियो ।
यस्तै सीजी मोटर्सका उपप्रमुख कार्यकारी अधिकृत बिमल शाह लगायतको उपस्थिति रहेको आयोजकले जनाएको छ । कार्यक्रममा रिड्डारा इकोन ४×४र अपग्रेड गरिएको किङ लङ अनावरण गरिएको छ।
इच्छुक ग्राहकहरूले ‘महा मेला एक्सचेञ्ज कार्निवल’ मेला अवधिभर भृकुटीमण्डपमा उपस्थित भई सवारी अवलोकन, टेस्ट ड्राइभ, एक्सचेन्ज भ्यालुएसन तथा फाइनान्स परामर्श लिन सक्ने आयोजकले जनाएको छ ।