काठमाडौं । नेकपा एमालेले धन्यवादसहित व्यवसायी मीनबहादुर गुरूङको जग्गा फिर्ता गर्ने प्रस्ताव गरेको छ।
एमालेको सोमबार बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मीनबहादुर गुरूङले कलंकीमा १० रोपनी १४ आना जग्गा दिएको र घर बनाउने भनेर शिलान्यास समेत गरेको प्रस्तावलाई धन्यवादसहित फिर्ता गर्ने कार्यसूची पेस गरेका छन्।
२०८१ असोजमा व्यवसायी मीनबहादुर गुरूङले एमालेलाई १० रोपनी १४ आना जग्गा दान दिँदै घर बनाइदिने बताएका थिए। यसबारे एमालेमा ठूलो विवाद सिर्जना भएको थियो।
सचिवालयको निर्णय विरोध गरेको भन्दै नेताहरू डा. विन्दा पाण्डे, उषाकिरण तिम्सेनालाई ६ महिना पार्टी जिम्मेबारीबाट निलम्बन गरिएको थियो।
गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा भाटभटेनीमा आगजनी गरिएपछि गुरूङ नै आफ्नो प्रस्ताबाट फिर्ता भइसकेको नेताहरूले बताएका छन्।