काठमाडौं । नेपाली महिला फुटबल टिमले साफ महिला च्याम्पियनसिप अन्तर्गत विजयी शुरुवात गरेको छ ।
भारतको गोवा स्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा भएको खेलमा नेपालले भुटानलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
नेपालको जितमा पहिलो हाफको २३औं मिनेटमा गीता रानाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
प्रतियोगितामा नेपालले दोस्रो खेल जेठ १७ गते श्रीलंकासँग खेल्ने छ । प्रतियोगिताको सेमिफाइनल खेल जेठ २० गते र फाइनल खेल जेठ २३ गते हुने तालिका रहेको छ ।
