काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले संविधान अनुसार सरकारले गणतन्त्र दिवस मनाएको विषयलाई सम्मानका साथ हेर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी स्थापना भएको ३६ वर्ष पूरा भएको अवसरमा शुक्रबार काठमाडौंमा कर्पोरेट खबरसंग कुरा गर्दै उनले राप्रपाको स्थापना दिवस र गणतन्त्र दिवस एकै दिन पर्नु संयोगपूर्ण रहेको भन्दै दुवै दिवसलाई उत्तिकै सम्मानका साथ मनाउनुपर्ने बताएका हुन् ।
त्यसैगरी, अध्यक्ष लिङदेनले गणतन्त्र स्थापना भएको दुई दशक नजिक पुग्दा यसको गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन् । वर्तमान व्यवस्थाले जनताको अपेक्षा पूरा गर्न नसकेको दाबी गर्दै उनले देशमा राजा सहितको हिन्दु राष्ट्र पुन:स्थापना गर्नुपर्नेमा जोड दिएका छन् ।
बाँकी धारणा भिडिओमा हेर्नुहोस्–
