काठमाडौं । जारी काभा महिला भलिबल च्याम्पियनसिपको तेस्रो स्थानको खेलमा नेपाल भारतसँग पराजित भएको छ ।
काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न तेस्रो स्थानको खेलमा नेपाल भारतसँग ३–१ को सेटमा पराजित भएको हो ।
यस खेलमा नेपालले सुरुका दुई सेटमा हार बेहोरेपछि खेलमा तेस्रो सेट जितेर खेलमा कमब्याक गरेको थियो ।
तर चौथो सेटमा भारतसँग पराजित भएपछि नेपाल ३–१ ले पराजित भएको थियो ।
भारतले यस खेलमा २५–२२, २५–२३, १५–२५ र २५–२२ ले खेल जितेको छ । योसँगै भारत प्रतियोगितामा तेस्रो भएको छ भने नेपाल चौथो भएको छ ।

प्रतियोगिता अब फाइनल खेल आजै केहीबेरमा इरान र काजकिस्तानबीच हुदैछ ।
