काठमाडौं । सरकारले अनौपचारिक क्षेत्रका श्रमिकको सिपलाई औपचारिक सिपको मान्यता दिने घोषणा गरेको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उद्योग तथा श्रम बजारसँग प्रत्यक्ष आबद्ध मागमा आधारित सिप प्रणाली विस्तार गरिने बताए ।
राष्ट्रिय योग्यता ढाँचा तथा पूर्व सिकाई मान्यता लागू गरी प्रवासी, अनौपचारिक तथा अनुभव श्रमिकको सिपलाई औपचारिक मान्यता दिने मन्त्री वाग्लेले बताए ।
पारिश्रमिकसहितको इन्टर्नसिप प्रणालीलाई संस्थागत गरिने समेत बताए ।