काठमाडौं । अनर नेपालले नेपाली बजारमा आफ्नो नयाँ प्रिमियम स्मार्टफोन सिरिज अनर ६०० र अनर ६०० प्रो सार्वजनिक गरेको छ ।
उन्नत एआई फिचर, फ्ल्यागशिपस्तरको प्रदर्शन तथा आकर्षक डिजाइनसहित आएको यो नयाँ सिरिजले प्रयोगकर्तालाई दैनिक क्षणलाई अझ सिर्जनात्मक र स्मार्ट अनुभवमा परिवर्तन गर्ने सुविधा दिने कम्पनीले जनाएको छ ।
स्टाइलिस डिजाइन र शक्तिशाली प्रदर्शनसहित तयार गरिएको अनर ६०० सिरिज विशेषगरी कन्टेन्ट क्रिएसन, फोटोग्राफी तथा मल्टिटास्किङ रुचाउने प्रयोगकर्तालाई लक्षित गरिएको छ । कम्पनीका अनुसार, नयाँ सिरिजले आधुनिक जीवनशैलीअनुसार स्मार्ट इनोभेसन र प्रिमियम प्रयोग अनुभव प्रदान गर्नेछ ।
अनर ६०० मा स्न्यापड्रागन ७ जेन ४ (४ न्यानोमिटर) प्रोसेसर प्रयोग गरिएको छ, जसले दैनिक मल्टिटास्किङका लागि छिटो र प्रभावकारी प्रदर्शन दिने कम्पनीले जनाएको छ ।
यसमा रहेको नयाँ एआई इमेज टु भिडियो २.० फिचरमार्फत प्रयोगकर्ताले आफ्ना तस्बिरलाई ५ सेकेन्डको एआईद्वारा निर्माण गरिएको भिडियोमा परिवर्तन गर्न सक्नेछन् ।

साथै, मुभिङ फोटो इरेजर टुल तथा अल्ट्रा–क्लियर नाइट मोड जस्ता फिचरले कम उज्यालोमा समेत स्पष्ट र विस्तृत तस्बिर खिच्न सहयोग गर्ने बताइएको छ ।

फोनमा सात हजार एमएएच ब्याट्री, ८० वाट वायर्ड फास्ट चार्जिङ तथा २७ वाट रिभर्स वायर्ड चार्जिङ सपोर्ट उपलब्ध रहेको छ । अनर ६०० को ८ जीबी + २५६ जीबी भेरियन्टको मूल्य ८४ हजार ९९९ तथा १२ जीबी + २५६ जीबी भेरियन्टको मूल्य ८९ हजार ९९९ निर्धारण गरिएको छ ।

अनर ६०० खरिद गर्ने ग्राहकले अनर च्वाइस वाच २ प्रो नि:शुल्क प्राप्त गर्नेछन् । साथै, इफिक्स प्रोटेक्सन सर्भिस अफर पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
त्यसैगरी, अनर ६०० प्रोमा स्न्यापड्रागन ८ इलिट (३ न्यानोमिटर) प्रोसेसर समावेश गरिएको छ, जसले अत्यन्त छिटो प्रतिक्रिया क्षमता, शक्तिशाली एआई क्षमता तथा सहज प्रिमियम स्मार्टफोन अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।
फोटोग्राफीका लागि अनर ६०० प्रोमा २०० मेगापिक्सेल मुख्य क्यामेरा ओआईएससहित, ५० मेगापिक्सेल टेलिफोटो लेन्स ३.५ गुणा अप्टिकल जुमसहित तथा १२ मेगापिक्सेल अल्ट्रावाइड क्यामेरासहितको फ्ल्यागशिप क्यामेरा सेटअप उपलब्ध छ । यसले विभिन्न परिस्थितिमा उत्कृष्ट स्पष्टता, जुम क्षमता तथा डाइनामिक फोटोग्राफी प्रदर्शन प्रदान गर्ने कम्पनीले जनाएको छ ।
अनर ६०० प्रोमा पनि ७००० एमएएच ब्याट्री, ८० वाट वायर्ड चार्जिङ, ५० वाट वायरलेस चार्जिङ तथा २७ वाट रिभर्स वायर्ड चार्जिङ सपोर्ट उपलब्ध रहेको छ । यसको १२ जीबी + २५६ जीबी भेरियन्टको मूल्य एक लाख २९ हजार ९९९ तोकिएको छ ।
अनर ६०० प्रो खरिद गर्ने ग्राहकले अनर च्वाइस वाच २ प्रो र अनर च्वाइस क्लिप इयरबड्स नि:शुल्क प्राप्त गर्नेछन् । साथै, इफिक्स प्रोटेक्सन सर्भिस अफर पनि उपलब्ध हुनेछ ।
लन्चको अवसरमा अनर नेपालले सीमित अवधिका लागि विशेष अफरसमेत ल्याएको जनाएको छ । कम्पनीका अनुसार, अनर ६०० सिरिज नेपालभरका आधिकारिक अनर रिटेल स्टोरमा उपलब्ध हुनेछ ।