सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता
कर्पोरट खबर
8:29 pm, मंगलबार, जेठ १९, २०८३
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ।
- भेटमा नेपाल–भारत सम्बन्ध, सुरक्षा सहकार्य र राजनीतिक दलहरूबीच संवादका विषयमा छलफल भएको थियो।
काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ ।
भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारतको राजधानी नयाँ दिल्लीमा रहेका सभापति लामिछाने र गृहमन्त्री शाहबीच भेटवार्ता भएको बताइएको छ । भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरुबीचको संवाद र सहकार्यका विषयमा विचारविमर्श भएको बताइएको छ ।
सभापति लमिछाने भाजपाका अध्यक्ष नबिनको निमन्त्रणामा पाँच दिने भारत भ्रमणका लागि सोमबार भारत प्रस्थान गरे । भ्रमणका क्रममा उनले भारतमा बसोबास गर्ने नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्नुका साथै अयोध्याको भ्रमण पनि गर्नेछन् ।
सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी निकिता पौडेल, रास्वापाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, रास्वाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा, र स्वकीय सचिव प्रदीप आचार्य छन् ।