काठमाडौं । जेनजी आन्दोलनमा पूर्ण रुपमा क्षती पुगेको चुच्चेपाटीस्थित भाटभटेनी सुपर मार्केटको पुनर्निर्माण सम्पन्न भई आजदेखि सञ्चालनमा आएको छ ।
सुपर मार्केट खुलेको पहिलो दिन मै ग्राहकहरूको बाक्लो उपस्थिति देखिएको छ ।
ग्राककहरुले दैनिक उपभोग्य वस्तु तथा अन्य आवश्यक सामान खरिद गरिरहेका छन् ।
पुनर्निर्माणपछि आधुनिक सुविधा तथा व्यवस्थित सेवासहित सञ्चालनमा आएको सुपर मार्केटले उपभोक्तालाई किनमेलमा थप सहजता प्रदान गर्ने विस्वास गरिएको छ ।

