काठमाडौं । नेपाली कांग्रेसको इतर पक्षको बैठक जारी छ।
चुनदेवीमा छुट्टै कार्यालय स्थापना गरेर नेता पूर्णबहादुर खड्काले आफूनिकट नेताहरूको बैठक राखेका हुन्।
बैठकमा खड्कासहित कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, शशांका कोइराला, प्रकाशमान सिंह, डा प्रकाशशरण महतलतायत नेताहरू सहभागी छन्।
बैठकले राष्ट्रिय भेलाबारे निर्णय गर्नसक्ने जनाइएको छ। यसअघि यो समूहले सातै प्रदेशमा भेला राखिसकेको छ।
यो समूहले संस्थापन पक्ष सहमतिको सम्भावना न्यून भएको निष्कर्ष निकालेको छ।