काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ।
सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा रहेको अर्थमन्त्रीको कार्यकक्षमा दुईबीच भेटवार्ता भएको हो।
भेटमा अर्थमन्त्री वाग्लेले नेपालको विकासका लागि एसियाली विकास बैंकका तर्फबाट भएको सहयोग र लगानी परिचालनका लागि एडीबी अध्यक्ष कान्डालाई धन्यवाद दिएको उनको निजी सचिवालयले जनाएको छ।
सो अवसरमा अर्थमन्त्रीले नेपाललाई आगामी दिनमा निरन्तर सहयोगका लागि आग्रह समेत गरेका छन् । अर्थमन्त्रीसँगको भेटमा अध्यक्ष कान्डाले नेपालको विकासका लागि सहकार्य आफूहरूको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।
अध्यक्ष कान्डा दुई दिने नेपाल भ्रमणका लागि आइतबार राती काठमाडौं आइपुगेका हुन् । नेपाल बसाइका क्रममा उनले अर्थमन्त्रीसँगै प्रधानमन्त्री वालेन्द्र शाहसँग उच्चस्तरीय भेटवार्ता गर्नेछन्।