काठमाण्डौँ — नेपाल वायु सेवा निगमको वाइ१२ई जहाजले बुधवार हुम्ला सिमकोट विमानस्थलमा सफलतापूर्वक परीक्षण उडान गरेको छ।
चीनबाट ४ बर्ष अगाडि ल्याइएको विमान बिहान १० बजेर ३० मिनेटमा नेपाल एयरलाइन्सको वाइ१२ई जहाजले सिमकोट बिमानस्थलमा अबतरण गरेको हो।
क्याप्टन नुरी शेर्पाको नेतृत्वमा हवाई बिभागका बिनय गिरी, नेपाल एयरलाइन्सका अप्रेसन इन्जिनियर विशाल पौडेल सहित ९ जनाको टोली परीक्षण उडानका लागि सिमकोट पुगेको थियो।
कर्णालीका जुफाल, जुम्ला, ताल्चा र सिमकोट विमानस्थलमा परीक्षण उडान भर्न सफल भएपनि नियमित उडान गर्न अझै केही समय लाग्ने नेपाल एयरलाईन्सका अप्रेसन डाइरेक्टर रबीन्द्र कुमार शेरचनले बताए।
— नागरीक
FACEBOOK COMMENTS