काठमाडौं । नेपालमा विद्युतीय सवारी अब बजारमा नयाँ विकल्पका रूपमा विस्तार हुँदैछ ।
विश्वस्तरीय पुरस्कार–विजेता प्रोटोन ई.एमएएस—५ले नेपाली बजरमा छिट्टै सार्वजनिक हुने कम्पनीले बताएको छ ।
पूर्ण रूपमा विद्युतीय कम्प्याक्ट एसयूभीले आधुनिक प्रविधिबाट गुणस्तर रुपमा नेपाली ग्राहकलाई उत्कृष्ट सवारी अनुभव प्रदान गराउने कम्पनीले जनाएको छ ।
पूर्ण रूपमा विद्युतीय कम्प्याक्ट एसयूभीका रूपमा विकसित ई.एमएएस ५ आधुनिक चालकहरूको बदलिँदो आवश्यकतालाइ मध्यनजर गर्दै ईभि तयार गरिएको हो ।
विश्वका अग्रणी मोटर वाहन समूहहरूमध्ये एक विद्युतीय सवारी प्रविधिमाअग्रणी जिलीसँग प्रोटोनले रणनीतिक सहकार्यमा विकसित गर्दै यस सवारीलाइ विश्वस्तरमा प्रमाणित प्रविधिको प्रयोग द्वारा गरिएको कम्पनीले जनाएको छ ।
स्मार्ट प्रविधि, सहज सञ्चालन तथा भरपर्दो कार्यसम्पादनका माध्यमबाट यसले उत्कृष्टसवारी अनुभव प्रदान गर्ने अपेक्षा राखिएको छ ।
अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा बटुल्न सफल भएको प्रोटोन ई.एमएएस—५ ले मलेसियाको प्रतिष्ठित एलायन्ज डीएसएफभेहिकल अफ द इयर अवार्डमा ’इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर, २०२६’ उपाधि समेत प्राप्त गरिसकेको छ ।
आधुनिक डिजाइन, उन्नत विद्युतीय प्रविधि, आरामदायी सुविधा तथा दैनिक प्रयोगका लागि उपयुक्त विशेषताको आधारमा उक्त सम्मान प्रदान गरिएको हो ।