काठमाडौं । एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले आज सिङ्गापुरको सामना गर्दैछ । मलेसियाको युकेएम ओभलमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ७ बजेदेखि शुरु हुदैछ ।
प्रतियोगितामा नेपालले विजयी शुरुवात गरेको छ । नेपालले पहिलो खेलमा कतारलाई १०५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
क्यानले सोनी पाख्रिनको कप्तानीमा १४ सदस्यीय टिम मलेसिया पठाएको छ । नेपाली टिममा सोनी पाख्रिन (कप्तान), सना प्रवीण, अलिसा कुमारी यादव, सावित्री धामी, मनिषा उपाध्याय, रचना चौधरी, रिया शर्मा, अनु कडायत, तिर्सना विश्वकर्मा, कुश्मा गुरुङ, अन्जी पाठक, मनिषा चौधरी, स्नेहा महरा र करुणा विष्ट रहेका छन् ।
प्रतियोगितामा नेपालले अर्को खेल मंगलबार हङकङसँग खेल्ने तालिका छन् ।