काठमाडौं । दिवाकर गोल्छा अर्गनाइजेसनले आफ्ना संस्थापक स्वर्गीय दिवाकर गोल्छाको ७३औँ जन्मजयन्ती तथा संस्थापक दिवसका अवसरमा कीर्तिपुर अस्पताललाई डायलाइसिस उपकरण हस्तान्तरण गरेको छ।
सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित यस कार्यक्रममा संस्थाले स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउने मुख्य उद्देश्यका साथ उक्त उपकरण प्रदान गरेको हो।
संस्थापक दिवसका अवसरमा स्थानीय बासिन्दाका लागि नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन, उत्कृष्ट कर्मचारीलाई सम्मान तथा पुरस्कार वितरण, वातावरण संरक्षणको सन्देशसहित वृक्षारोपण, विद्यालय तथा वृद्धाश्रममा भोजन वितरणलगायतका कार्यक्रम सम्पन्न गरिएको अर्गनाइजेशनले जनाएको छ।
स्व. दिवाकर गोल्छाको देशलाई औद्योगिकीकरण र रोजगारी विस्तारको उद्देश्यका साथ हुलास स्टिललगायत विभिन्न उद्योगमार्फत अर्गनाइजेसनले हालसम्म करिब २० हजार जनालाई रोजगारी प्रदान गरिसकेको अर्गनाइजेशनले उल्लेख गरेको छ।
दिवाकर गोल्छा फाउन्डेशनमार्फत विभिन्न संघसंस्था तथा सामाजिक क्षेत्रमा आर्थिक सहयोगसहित विभिन्न परोपकारी कार्यक्रम सञ्चालन हुँदै आएको अर्गनाइजेशनले जनाएको छ।