काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार सामान्य घटेको छ ।
सोमबार सेयर बजार मापक नेप्से परिसूचक १.२० अंक घटेर २६८४.३३ विन्दुमा झरेको छ।
योसँगै बजार सूचक २६८४.३३ विन्दुमा ओर्लिएको छ । बजार घट्दा ११७ कम्पनीको सेयर मूल्य बढेको छ । १५० कम्पनीको सेयर मूल्य घटेको छ । सात कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
यस दिन चार अर्ब ५७ करोड २० लाख ८४ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । एक करोड १४ लाख ४९ हजार ९८७ कित्ता सेयर ६३ हजार ६४८ पटकमा खरिद–बिक्री भएको हो ।
एभरेस्ट कलर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । योसँगै उक्त कम्पनीको सेयर मूल्य प्रतिकित्ता एक हजार ५०० रुपैयाँमा उक्लिएको छ ।
सप्तकोसी विकास बैंक, माहुली लघुवित्त, श्रीनगर एग्रोटेक, सागर डिस्ट्रिलरीलगायत कम्पनीको सेयर उच्च कमाउने शीर्ष स्थानमा रहे ।
समूहगततर्फ फाइनान्स, लगानी, उत्पादन तथा प्रशोधन र अरू सूचक घटेका छन् । बाँकी समूह बढेका छन् ।