काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ४.१२ अंक बढेको छ । अघिल्लो कारोबार दिन ४ अंक नै बढेको नेप्से आजको वृद्धिपछि २५९९ अंकमा पुगेर बन्द भएको हो ।
आज कारोबार मूल्य ४ अर्ब ७३ करोड भएको छ । १०४ कम्पनीको मूल्य बढ्दा १६७ को घटेको छ । ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।
जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै १.७७ प्रतिशतले बढेको छ । त्यस्तै बैंकिङ समूह ०.६९ प्रतिशतले बढेको छ । यो बैंकिङ क्षेत्रको ६ महिनाकै उच्चतम विन्दुमा पुगेको हो ।
विकास बैंक ०.०५, लगानी ०.१३ तथा निर्जीवन बीमा ०.५३ प्रतिशतले बढेको छ । त्यसैगरी फाइनान्स ०.३१, होटल तथा पर्यटन ०.५८, जलविद्युत् ०.४४, उत्पादन तथा प्रशोधन ०.४०, माइक्रोफाइनान्स ०.०९, अन्य ०.५२ र व्यापार समूह ०.४० प्रतिशतले घटेको छ ।