काठमाडौँ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिइएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता अशोककुमार क्षेत्रीका अनुसार रिट निवेदन दर्ताको प्रक्रियामा छ ।
राष्ट्रिय जेन जेड नागरिक अभियानका तर्फबाट संयोजक सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले संयुक्त रूपमा रिट निवेदन दिएका हुन् ।
नागरिकतासम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा डोल्मालाई विधि र प्रक्रिया विपरीत उपाध्यक्ष नियुक्त गरिएको जिकिर निवेदकहरूले गरेका छन् । उनीहरूले सोही आधारमा नियुक्तिसम्बन्धी निर्णय बदर गर्न माग गरेका हुन् ।