स्वर्णिम र शिशिरसँगको तस्वीर सेयर गर्दै बालेनले लेखे– देश उँभो लाउने टोली !
कर्पोरट खबर
1:42 pm, मंगलबार, मंसिर ८, २०८३
- प्रधानमन्त्री बालेन शाहले भारत भ्रमणका क्रममा अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँगको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरे।
- तस्बिरसँगै उनले मन्त्रिपरिषद्को टोलीलाई ‘देश उँभो लाउने मिहिनेती टोली’ भन्दै प्रशंसा गरेका छन्।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो मन्त्रिपरिषद्का दुई सदस्यहरूसँग जहाजमा उभिएको तस्वीर सार्वजनिक गरेका छन् ।
प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल सँगै उभिएको तस्वीरमा देखिन्छ ।
जहाँ उनले क्याप्सन लेखेका छन्, ‘देश उँभो लाउने टोली ! निक्कै मिहिनेती मान्छेहरू !’
केहीबेरअघि उनले सञ्जालमा सार्वजनिक गरेको यो तस्वीर भारत भ्रमणका क्रममा जहाजमा खिचिएको तस्वीर हो ।
धानमन्त्री शाहसँगै मन्त्रीहरू वाग्ले र खनाल भारत भ्रमणमा गएका थिए ।

शाहले यसअघि पनि अन्य दुई मन्त्रीहरू सुधन गुरुङ र सुनिल लम्सालसँग सँगै बसेको तस्वीर सार्वजनिक गर्दै ‘देश बनाउने टोली’ भन्दै लेखेका थिए ।

