काठमाडौं । नेपालमा हुवावे कन्ज्युमर उत्पादनको राष्ट्रिय वितरक कल मोबिलिटी प्रालिले प्रिमियम डिजाइन, उन्नत स्वास्थ्य निगरानी, व्यावसायिक फिटनेस फिचर तथा स्मार्ट सुविधाले सुसज्जित हुवावे वाच फिट ५ प्रो स्मार्ट वाच सार्वजनिक गरेको छ ।
लन्चलाई अझ विशेष बनाउन हुवावे सीमित अवधिका निम्ति विशेष अफर पनि ल्याएको छ । वाच खरिद गर्ने ग्राहकले पाँच हजार ४९० रुपैयाँ पर्ने हुवावे फ्री वड्स एस २ नि:शुल्क प्राप्त गर्नेछन् ।
प्रिमियम डिजाइनमा उपलब्ध हुने वाचको मूल्य ४३ हजार ९९० रुपैयाँ राखिएको छ । यो सेतो सुन्तले र सेतो रङ स्ट्र्याप विकल्पमा उपलब्ध छ । यसले प्रयोगकर्तालाई आफ्नो व्यक्तिगत शैलीअनुसार घडी छनोट गर्ने सुविधा दिएको कम्पनीले जनाएको छ ।
स्मार्ट वाचमा १.९२ इन्चको डिस्प्ले, केवल १.८ एमएमका अल्ट्रा–स्लिम बेजेल र अधिकतम तीन हजार निट ब्राइटनेस छ । यसले प्रत्यक्ष घाममा समेत स्पष्ट र जीवन्त भिजुअल अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
फिटनेस र आउटडोर एडभेन्चरका निम्ति उत्कृष्ट मानिएको यो स्मार्ट वाचमा रहेको मिनि वर्क आउट मोडले ३० सेकेन्डदेखि केही मिनेटसम्मका छोटा र निर्देशित व्यायाम उपलब्ध गराउँदा दैनिक जीवनमा सक्रिय रहन अझ सहज बनाउने बताइन्छ ।
आउटडोर गतिविधि मन पराउनेका निम्ति ट्रेलर रन मोडले सेग्मेन्टमा आधारित नेभिगेसन, उचाइको ट्रेन्ड तथा अनुमानित आगमन समयजस्ता सुविधा प्रदान गर्छ ।
यस्तै, गल्फ खेलाडीले विश्वभरका १७ हजारभन्दा बढी गल्फ कोर्सका नक्सा, उन्नत ग्रीन भ्यु तथा स्वीङ विश्लेषणको सुविधा पनि प्राप्त गर्न सक्छन् ।
यसमा महिलाका निम्ति व्रिस्ट टेम्प्रेचर ट्याकिङसहितको वुमन हेल्थ मोनिटरिङ सुविधा पनि उपलब्ध छ ।
हल्का प्रयोगमा १० दिनसम्म र नियमित प्रयोगमा सात दिनसम्म ब्याट्री टिक्ने भएकाले यो स्मार्ट वाचले दैनिक जीवनशैलीसँग सहज रूपमा साथ दिन डिजाइन गरिएको कम्पनीले जनाएको छ ।