भोटेकोशी बाढी: क्रिकेट संघले ३० लाख सहयोग गर्ने
कर्पोरट खबर
11:58 am, शनिबार, भदौ १३, २०८३
- नेपाल क्रिकेट संघ (क्यान) ले भोटेकोसी बाढीपीडितका लागि ३० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
- उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने सचिव पारस खड्काले जानकारी दिए।
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले भोटेकोसी बाढीपीडितका लागि ३० लाख रुपैयाँ सहयोग गरेको छ ।
संघका सचिव पारस खड्काले बाढीपीडितका लागि ३० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको जानकारी दिए ।
उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने खड्काले जानकारी दिए ।
