काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुद्युम्न प्रसाद उपाध्यायलाई थप चार वर्षका लागि पुनर्नियुक्त गर्ने निर्णय गरेको छ।
कम्पनीको सञ्चालक समितिको भदौ २४ गते बसेको १९२औं बैठकले उपाध्यायलाई दोस्रो कार्यकालका लागि पुनर्नियुक्त गर्ने निर्णय गरेको हो।
हाल प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत उपाध्यायको पहिलो कार्यकाल २०८३ कात्तिक ६ गते समाप्त हुँदैछ। त्यसपछि उनको दोस्रो कार्यकाल २०८३ कात्तिक ७ गतेदेखि सुरु भई २०८७ कात्तिक ६ गतेसम्म कायम रहने कम्पनीले जनाएको छ।
कम्पनीले उपाध्यायको पुनर्नियुक्तिसम्बन्धी निर्णयको जानकारी नेपाल स्टक एक्सचेन्ज ९नेप्से० लाई समेत गराएको छ।
उपाध्यायको नेतृत्वमा कम्पनीले आफ्नो व्यवसाय विस्तार, सेवा प्रवाह तथा संस्थागत सुदृढीकरणमा निरन्तरता दिने अपेक्षा गरिएको छ।