काठमाडौं । सेयर बजार करिब २८ अंकले बढेको छ । शुक्रबारको कारोबारमा बजार २७.९४ अंक बढेर २५५९.४९ विन्दुमा उक्लिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
बजार बढ्दा २३७ कम्पनीको सेयर मूल्य बढेका छन् । ३१ कम्पनीको सेयर मूल्य घटेको छ । नौ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
चार अर्ब ३६ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ । एक करोड २० लाख कित्ता सेयर ४९ हजार पटक खरिद–बिक्री भएको छ ।
उपकार लघुवित्त, अभियान लघुवित्त, सिन्धु विकास बैंक, सर्वोत्तम पेन्टस्, एनसीसी डिबेन्चर लगायतका कम्पनी शुक्रबार उच्च कमाउने शीर्ष स्थानमा रहे । समूहगत सूचकतर्फ १३ वटै बढेका छन् ।