काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कपको फाइनलमा नेपाल र युएई आमने सामने हुदैछन् ।
फाइनल खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । योसँगै युएईले पहिला बलिङ गर्ने भएको छ ।
आजको खेलमा सन्दीप लामिछाने (कप्तान), आसिफ सेख, अर्जुन कुमाल, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, बसिर अहमद, सन्दीप जोरा, इशान पाण्डे, गुलशन झा, ललित राजबंशी र करण केसी खेलिरहेका छन् ।
नेपालले सेमिफाइनलमा ओमानलाई पराजित गरेको थियो भने युएईले हङकङ चाइनालाई पराजित गरेको थियो ।
नेपाल र युएईवीच अहिलेसम्म १५ एकदिवसीय खेल भएका छन् । जसमा नेपाल ९ खेल जितेको छ भने युएईले ६ खेल जितेको छ ।