काठमाडौं । डब्लुआरपिएफ नेपालले ‘हिमालयन प्रो २०२६ राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप’ सम्पन्न गरेको छ।
यो प्रतियोगिता नेपालको पावरलिफ्टिङ क्षेत्रका लागि एक ऐतिहासिक उपलब्धिका रूपमा स्थापित भएको छ।
देशभरका खेलाडीलाई एउटै मञ्चमा एकत्रित गरेको यस च्याम्पियनसिपमा खेलाडीहरूले उत्कृष्ट शक्ति, दृढता, अनुशासन र खेलभावना प्रदर्शन गरेका थिए।
पहिलो संस्करणको हिमालयन प्रोमा डा. राजिब श्रेष्ठ र झरना योञ्जन ले इतिहास रच्दै क्रमश:डब्लुआरपिएफ नेपाल हिमालयन प्रो २०२६ का पहिलो पुरुष तथा महिला ‘च्याम्पियन अफ द च्याम्पियन्स’ को उपाधि जित्न सफल भए।
च्याम्पियनसिपमा मास्टर्स तथा जुनियर डिभिजनमा समेत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समग्र विजेताका रूपमा सम्मान गरिएको थियो। च्याम्पियन अफ द च्याम्पियन्स पुरुषतर्फ डा. राजिब श्रेष्ठ र महिलातर्फ झरना योञ्जन बन्न सफल भएका छन् ।

मास्टर्स समग्र विजेतामा पुरुषतर्फ मनिष शाक्य र महिलातर्फ ईशा सिंह भएका छन् । जुनियर समग्र विजेतामा पुरुषतर्फ अनिश कुमार मुखियार महिला कल्पना खत्रीले उपाधी जितेका छन् । यसका साथै विभिन्न तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गरेका थिए र उत्कृष्ट प्रदर्शन गर्ने विजेतालाई सम्मान गरिएको थियो।

डब्लुआरपिएफ नेपालकी अध्यक्ष तथा हिमालयन प्रो २०२६ की आयोजक रसना प्रधानको नेतृत्वमा ध्च्एँ नेपालको समर्पित आयोजक टोलीले प्रतियोगिता आयोजना गरेको हो। नेपालका पावरलिफ्टिङ खेलाडीहरूका लागि व्यावसायिक, व्यवस्थित र राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक मञ्च निर्माण गर्ने उद्देश्यका साथ हिमालयन प्रोको सुरुवात गरिएको हो।
च्याम्पियनसिपको सफल आयोजना नेपालको पावरलिफ्टिङ खेलको विकास, व्यावसायिकीकरण र विस्तारतर्फको महत्वपूर्ण कदम हो। यसले नेपाली पावरलिफ्टरहरूका लागि थप अवसर र पहिचान सिर्जना गर्ने विश्वास ध्च्एँ नेपालले लिएको छ।
अध्यक्ष प्रधानले प्रतियोगितालाई सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण खेलाडी, पदाधिकारी, साझेदार, प्रायोजक, स्वयंसेवक, समर्थक तथा आयोजक टोलीप्रति आभार व्यक्त गरिन्। उनले भनिन्, “हरेक खेलाडीलाई दृढताका साथ प्लेटफर्ममा उत्रिएर आफ्नो उत्कृष्ट प्रदर्शन गरेको देख्नु अत्यन्तै गर्वको क्षण थियो। हिमालयन प्रो हाम्रा खेलाडीहरू र नेपालमा पावरलिफ्टिङको भविष्यका लागि निर्माण गरिएको मञ्च हो। हामीमाथि विश्वास गर्नुहुने, साथ दिनुहुने र यस ऐतिहासिक सुरुवातको हिस्सा बन्नुहुने सबैलाई धन्यवाद। तपाईंहरू सबैको साथबिना यो सम्भव हुने थिएन।”
डब्लुआरपिएफ नेपालले अध्यक्ष तथा कार्यक्रम आयोजक रसना प्रधानको नेतृत्व, दूरदृष्टि र प्रतिबद्धताप्रति विशेष सम्मान तथा प्रशंसा व्यक्त गरेको छ । उनको नेतृत्वमा हिमालयन प्रो २०२६ को अवधारणालाई वास्तविकतामा रूपान्तरण गर्दै सफलतापूर्वक सम्पन्न गरिएको हो।
त्यसैगरी, प्रतियोगिताको सफल आयोजनाका लागि पर्दापछाडि निरन्तर खटिएको सम्पूर्ण ध्च्एँ नेपाल आयोजक टोलीको समर्पण, समन्वय र अथक प्रयासप्रति विशेष सम्मान व्यक्त गरेको छ ।
कार्यक्रमको योजना, खेलाडी समन्वय, प्राविधिक व्यवस्थापन, निर्णायक प्रक्रिया, लजिस्टिक्स, स्टेज व्यवस्थापन, आतिथ्यता, मिडिया तथा कार्यक्रमस्थलको सम्पूर्ण व्यवस्थापनसम्म प्रत्येक सदस्यको सामूहिक योगदानले हिमालयन प्रो २०२६ लाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।
डब्लुआरपिएफ नेपालले प्रतियोगितामा योगदान पुर्याउने सम्पूर्ण पदाधिकारी, निर्णायक, स्पटर तथा लोडर, स्वयंसेवक, प्रायोजक, साझेदार, समर्थक, सञ्चारकर्मी तथा आफ्नो समय, विशेषज्ञता र स्रोत प्रदान गर्ने सबैप्रति आभार व्यक्त गरेको छ ।
सबैभन्दा महत्वपूर्ण रूपमा, ध्च्एँ नेपालले यस च्याम्पियनसिपमाथि विश्वास गर्दै सहभागी भएका सम्पूर्ण खेलाडीलाई विशेष सम्मान व्यक्त गरेको छ । खेलाडीको सहभागिता, प्रतिस्पर्धात्मक भावना र खेलप्रतिको प्रतिबद्धता नै यस च्याम्पियनसिपको मूल उद्देश्य र प्रेरणा हो।
हिमालयन प्रो २०२६ को सफलता कुनै एक व्यक्तिको उपलब्धि मात्र नभई पावरलिफ्टिङप्रतिको साझा उद्देश्य र लगावले एकताबद्ध सम्पूर्ण समुदायको सामूहिक उपलब्धि हो।
डब्लुआरपिएफनेपाल हिमालयन प्रो २०२६ का सम्पूर्ण तौल समूहका विजेता तथा सहभागी प्रत्येक खेलाडीलाई बधाईज्ञापन गरेको छ। प्रत्येक लिफ्ट, प्रत्येक प्रयास र प्रत्येक खेलाडीले यस च्याम्पियनसिपको इतिहास निर्माणमा आफ्नो महत्वपूर्ण योगदान दिएका छन्।