काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ । सिंहदरबारस्थित रास्वपा संसदीय कार्यलयमा बैठक सुरु भएको हो ।
बैठकमा भोटेकोसी बाढीबारे उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल भइरहेको छ ।
भदौ ११ गते बसेको बैठकले सरकारलाई सहयोग गर्न र काममा निगरानी गर्न संयन्त्र गठन गर्ने निर्णय गरेको थियो । सोही संयन्त्र गठनको तयारी रहेको नेताहरूले बताएका छन् ।
बैठकमा रास्वपा सभापति लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, एमालेकी सचिव तथा संसदीय दलका उपनेता पद्मा अर्याल, नेकपाका सह–संयोजक माधवकुमार नेपाललागतय नेता उपस्थित छन् ।