काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरालाई प्रहरीले पक्राउ पुर्जी बिना नै पक्राउ गरेर हिरासतमा राखेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई महाराजगञ्जस्थित निजी निवासबाट पक्राउ पुर्जी बिना नै गए राति पक्राउ गरेको हो । तर जबरा विरुद्ध कुनै पक्राउ पुर्जी जारी गरिएको छैन ।
राति अकस्मात् आएको मौखिक आदेशबाट जबरा पक्राउ परेको स्रोतको दाबी छ ।
अपराध अनुसन्धान कार्यालयका उच्च अधिकारीले नै जबरालाई पक्राउ गरेको स्रोतको दाबी छ । हाल उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको हिरासतमा राखिएको छैन ।