काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह दुई दिन पछि सरेको छ ।
कांग्रेसले मंगलबार जारी गरेको विज्ञप्तिमा १५औँ महाधिवेशनको उद्घाटन समारोह १८ असोजको दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने जनाइएको छ । यसअघि १६ असोजमा महाधिवेशनको उद्घाटन गर्ने तय भएको थियो ।
पछिल्लो बाढीपहिरोलगायत घटनाका कारण उद्घाटन समारोहको मिति सारिएको कांग्रेसले जनाएको छ ।