काठमाडौं । व्यवसायी शंकरलाल अग्रवाललाई विशेष अदालतले थुनामा राख्न आदेश दिएको छ ।
मंगलबार विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य, न्यायाधीशद्वय हेमन्त रावल र विदूर कोइरालाको इजलासले अग्रवाललाई थुनामा पठाउने आदेश दिएको हो ।
सम्पत्ति शुद्धीकरण मुद्दामा अग्रवालको उपस्थित हुने निवेदनमा अग्रवाललाई थुनामा पठाउन आदेश जारी गरेको हो ।
यसअघि भदौ ३१ गते बैंकिङ कसूर मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका शंकर ग्रुपका अध्यक्षसमेत रहेका शंकरलाल अग्रवाललाई सर्वोच्च अदालतले १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
सर्वोच्च अदालतका न्यायाधीशहरू बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले उच्च अदालत पाटनको थुनामा राख्ने आदेश बदर गर्दै धरौटीमा छाड्ने आदेश जारी गरेको थियो ।

‘बेरितको आदेश बदर गरिपाऊँ’ भन्ने निवेदनमाथि सुनुवाइ गर्दै इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ बमोजिम निवेदक शंकरलाल अग्रवालबाट दश लाख रुपैयाँ धरौटीलाई तारिखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो ।

यसअघि उच्च अदालत पाटनले २०८३ साउन ७ मा थुनछेक आदेश जारी गर्दै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम उनलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाएको थियो । सो आदेशविरुद्ध शंकरलाल अग्रवालले सोही संहिताको दफा ७३ अन्तर्गत सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।
हेर्नुहोस्, यस्तो थियो सर्वोच्चको आदेश: