काठमाडौं । नेपालको अग्रणी डिजिटल वालेट इसेवाले पर्व लक्षित गर्दै मात्र रु. १० मा प्राप्त गर्न सकिने ‘जात्रा केयर’ बीमा योजना ल्याएको छ।
हिमालयन एभरेस्ट इन्स्योरेन्ससँगको सहकार्यमा सार्वजनिक गरिएको यस योजनाले जात्रा मनाउने क्रममा हुन सक्ने आकस्मिक दुर्घटनाबाट सिर्जित आर्थिक जोखिम न्यूनीकरण गर्न सहयोग पुर्याउनेछ।
असोज ७ देखि असोज १३ गतेसम्म (७ दिन) लागू हुने यस योजना अन्तर्गत ग्राहकले कुल रु. २ लाख ३० हजारसम्मको आर्थिक सुरक्षा प्राप्त गर्नेछन्। यसमा दुर्घटना बीमा बापत रु. २ लाख २० हजार र अस्पताल खर्च सहायता बापत रु. १० हजार सम्मको सुविधा समावेश छ।
आइसीएफसी फाइनान्सको २३औँ वार्षिक साधारण सभा सम्पन्न: नाफा र लाभांशमा दोहोरो अङ्कको वृद्धिबजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय जात्रा तथा सांस्कृतिक परम्परा मनाउने क्रममा हुने भीडभाड र आवतजावतका कारण हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै यो योजना ल्याइएको हो।
इसेवा एपमार्फत सहजै खरिद गर्न सकिने यस योजनाको लाभ लिएर सुरक्षित र उल्लासमय वातावरणमा जात्रा मनाउन कम्पनीले सर्वसाधारणमा अनुरोध गरेको छ।
