काठमाडौं । हिमालमा जलवायु परिवर्तन तथा भोटेकोसी–त्रिशूली विपत्सम्बन्धी संसदीय विशेष समिति’को सभापतिमा सांसद गणेश पराजुली चयन भएका छन् ।
सिंहदरबारस्थित संघीय संसदको कार्यव्यवस्थाको हलमा बुधबार बसेको समितिको पहिलो बैठकले पराजुलीलाई सभापतिमा चयन गरेको हो ।
समितिले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम तथा भोटेकोसी–त्रिशूली क्षेत्रमा भएको विपत्का विषयमा अध्ययन तथा छलफल गर्नेछ ।
समितिले विपत्को अवस्था, प्रभाव तथा आगामी दिनमा अपनाउनुपर्ने उपायबारे अध्ययन गर्नेछ ।