काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । कारोबार रकम पनि घट्दो छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४.८२ अंकले घटेको हो । ०.१८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २५९८.८९ अंकमा ओर्लिएको छ ।
समग्रमा बजार घटे पनि हाइड्रो, म्युचुअल फण्ड र ट्रेडिङ समूह क्रमश: ०.०१, ०.२५ र १.१८ प्रतिशतले बढेको छ । बाँकी हरु समूहमा राताम्मे भएका छन् ।
आज ३५२ कम्पनीका १ करोड २६ लाख ५२ हजार ८ सय ९२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७६ करोड ४४ लाख ४९ हजार १ सय ८६.०७ रुपियाँ बराबरको कारोबार भएको छ ।
सिन्धु विकास बैंकका लगानीकर्ताहरुले सबैभन्दा बढी १४.३७ प्रतिशतले नाफा कमाएका छन् भने सानिमा ग्रोथ फण्डका लगानीकर्ताहरुले सबैभन्दा बढी ३.७८ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज घलेम्दी हाइड्रो लिमिटेडका सबैभन्दा बढी ३९ करोड ४८ लाख ८६ हजार ७ सय ७४.९० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

साताको पहिलो दिन सोमबार १६.४७ अंकले बजार घट्दा ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार ४ सय १४.९१ रुपियाँ र हिजो मंगलबार ९.६२ अंकले बजार घट्दा ४ अर्ब ६५ करोड ४८ लाख ७८ हजार ४५.४७ रुपियाँ बराबरको कारोबार भएको थियो ।