काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख अमेरिकी डलर सहयोग गरेको छ ।
गत भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको पुन:स्थापना, पुनर्निर्माण तथा पुन:प्राप्तिका लागि जारी प्रयासलाई सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त रकम योगदान गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोरख राणाले बाढीका कारण नेपालका विभिन्न जिल्लाका धेरै परिवारको जनजीवन र जीविकोपार्जनमा ठूलो चुनौती तथा अवरोध आएको बताए ।
प्रभावित समुदायलाई पुन:स्थापित र पुनर्निर्माण गर्न निरन्तर सहयोग आवश्यक रहेको भन्दै उनले स्ट्यान्डर्ड चार्टर्ड बैंक समुदायलाई आवश्यक परेको समयमा साथ दिने प्रतिबद्धताअनुसार कोषमा योगदान गरेको बताए ।