काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था बुझ्न ह्याम्स हस्पिटल पुगेका छन् ।
नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री खनाल अस्पताल भर्ना भएका छन् ।
खनाल आइतबार ह्याम्स अस्पतालमा भर्ना भएको उनको सचिवालयले जनाएको छ । उनलाई मुटुसँग सम्बन्धित सामान्य समस्या देखिएको छ ।
