काठमाडौं । सन्चालनमा रहेका २० वाणिज्य बैंकहरूले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । असोजको तुलनामा कात्तिकमा बैंकहरुले व्यक्तिगत निक्षेपमा दिने ब्याजदर औसतमा घटेको छ ।
बैंकिङ प्रणालीमा पर्याप्त तरलता अधिक भएको र ऋण लगानी नभएपछि ब्याजदर थप घटेको हो । असोजमा औसतमा ४.०८ प्रतिशतविन्दुमा रहेको ब्याजदर कात्तिकमा ०.०७ प्रतिशतविन्दुले घटेर ४.०१ प्रतिशतविन्दुमा रहेको छ ।
एभरेष्ट बैंकले असोजको तुलनामा कात्तिकमा दिने ब्याजदर बढेको छ । बाँकी बैंकले असोजकै ब्याजदर कायम राखेका छन् । एभरेष्टले असोजको तुलनामा ब्याजदर ०.२५ प्रतिशतविन्दुले बढाएर ३.७५ प्रतिशत रहेको छ।
कात्तिक महिनाका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ब्याजदर ०.८ प्रतिशतविन्दुले घटेर ३.७ प्रतिशत रहेको छ । नबिल बैंकले ब्याजदर ०.५ प्रतिशतविन्दुले घटाएर ३.७५ प्रतिशत
प्रभु बैंकको ०.३ प्रतिशतविन्दुले घटाएर ४.२५ प्रतिशत रहेको छ । नेपाल एसबिआई बैंकको ब्याजदर ०.१ प्रतिशतविन्दुले घटेर ४ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ०.०५ प्रतिशतविन्दुले घटेर ३.७ प्रतिशत, कुमारी बैंकले ०.०३ प्रतिशतविन्दुले घटेर ३.७ प्रतिशत रहेको छ । अन्य बैंकको ब्याजदर यथावत रहेको छ ।

हिमालयन बैंकको ४ प्रतिशत,सानिमा बैंकको ४.५ प्रतिशत, एनएमबि बैंकको ४.५ प्रतिशत, माछापुच्छ्रे बैंकको ४.५ प्रतिशत,कृषि विकास बैंकको ४.१५ प्रतिशत, नेपाल बैंकको ४.१५ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ४ प्रतिशत, एनआईसी एसिया बैंकको ४ प्रतिशत,राष्ट्रिय वाणिज्य बैंकको ४ प्रतिशत, प्राइम कमर्सियल बैंकको ४ प्रतिशत, ग्लोबल आइएमई बैंकको ४ प्रतिशत, सिटिजन्स बैंक ३.८५ प्रतिशत, र सिद्धार्थ बैंकको ३.७६ प्रतिशत रहेको छ ।

