काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९०० रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँले बढेको हो ।
बुधबार सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बुधबार चाँदी प्रतितोला ३ हजार ९८० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला ३ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३७.९२ अमेरिकी डलर र चाँदी ५३.९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
