राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थमन्त्री तथा उपसभापति डा. स्वर्णिम वाग्लेलाई बधाइ दिएको छ ।
अमेरिकी पत्रिका ‘टाइम’ को सन् २०२६ को जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्व (टाइम १०० क्लाइमेट) को सूचीमा वाग्ले समेटिएकोमा रास्वपले उनलाई बधाई दिएको हो।
महामन्त्री विपिन कुमार आचार्यले विज्ञप्ति जारी गर्दै डा. वाग्लेलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका हुन्।
पार्टीले जारी गरेको विज्ञप्तिमा वाग्लेले जलवायु वित्त परिचालन, स्रोत व्यवस्थापन र अन्तर्राष्ट्रिय प्रणालीगत सुधारमा लिएको नेतृत्व तथा अग्रसरता नेपालका लागि सदैव उल्लेखनीय रहेको बताइएको छ।
‘नेपाललाई संयुक्त राष्ट्रसंघको जलवायुसम्बन्धी नोक्सानी तथा क्षति कोषबाट रकम विनियोजित हुने पहिलो देश बनाउने पहल वाग्लेले गरेका हुन्,’ विज्ञप्तिमा भनिएको छ, ‘विपद्पछि नागरिकका लागि अर्बौँ आर्थिक सहायता परिचालन गर्न सफल हुनु उनको अर्को महत्त्वपूर्ण योगदान हो।’ यिनै कामलाई विश्व समुदायले जानकारीमा राखेर उनलाई यो सूचीमा समेटेको पार्टीको ठहर छ।

नेपालले जलवायु संकटमा नगण्य योगदान गरे पनि यसको असर भने असमान रूपमा भोगिरहेको छ। डा। वाग्लेको यो उपलब्धि उनको व्यक्तिगत प्रयासको सम्मान मात्र नभएको रास्वपाले जनाएको छ।



अर्थमन्त्री डा. वाग्ले टाइम म्यागजिनको जलवायु मुद्दाका प्रभावशाली व्यक्तिको सूचीमा