काठमाडौं । मकवानपुरको भीमफेदीमा यात्रुवाहक विद्युतीय गाडी (ईभी) दुर्घटनामा परेको छ ।
भीमफेदी गाउँपालिका–६, चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा ईभी दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार बिहीबार बिहान करिब ५:४५ बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको उक्त यात्रुवाहक गाडी सडकबाट करिब ५ सय मिटर तल खसेको हो ।
दुर्घटनाग्रस्त गाडीमा चालकसहित १३ देखि १४ जना यात्रु सवार रहेको बताइएको छ ।
