इभी गाडी दुर्घटना हुँदा दशको मृत्यु, पाँच जना घाइते
कर्पोरट खबर
8:50 am, बिहीबार, कात्तिक २६, २०८३
- मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीमा इभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु र ५ जना घाइते भएका छन्।
- काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको गाडी सडकबाट करिब ७०० मिटर तल खसेको र उद्धार कार्य जारी रहेको छ।
काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा इभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
बिहान करिब ६ः१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको इभी गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा गाडीमा सवार १५ मध्ये १० जनाको मृत्यु भएको र पाँच जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
घटनास्थलमा सशस्त्र प्रहरी बल,नेपाली सेना र नेपाल प्रहरी सहितको संयुक्त टोलिले उद्धार जारी राखेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।