काठमाडौं । नेपाली क्रिकेटमा ठूलो उत्साहका साथ सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) को लोकप्रियतामाथि एक वर्षमै प्रश्न उठ्न थालेको छ।
पहिलो संस्करणमा दर्शकको उल्लेख्य भीड र व्यापक चर्चा पाएको प्रतियोगितामा पछिल्लो समय मैदानमा दर्शकको उपस्थिति अपेक्षाकृत कमजोर देखिएको भन्दै चर्चा हुन थालेको छ।
टिकट बिक्री भएको दाबी गरिएका खेलमा समेत मैदानका धेरै सिट खाली देखिनुले टिकट बिक्री र वास्तविक दर्शक उपस्थितिबीचको अन्तरमाथि प्रश्न उठाएको छ ।
पहिलो वर्षको नयाँपन,विदेशी खेलाडीको आकर्षण र सामाजिक सञ्जालको चर्चाले बनाएको माहोललाई निरन्तरता दिन आयोजक सफल भए–नभएको विषयमा पनि बहस सुरु भएको छ ।

फ्रेन्चाइज टिमको कमजोर फ्यान आधार, दर्शकलाई सुविधाको कमी, टिकट व्यवस्थापन र नेपाली खेलाडीको आकर्षणलाई पर्याप्त रूपमा ब्रान्ड बनाउन नसक्नु चुनौतीका रूपमा देखिएका छन् ।
