काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले राजनीतिक वृत्तमा दोहोरो चरित्र देखिएको भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बाँस्कोटाले बिहान गायत्री मन्त्र जप्नुअघि नै बालेन ढाल्ने भन्दै चर्को आवाज उठाउनेहरू साँझको आरतीपछि ज्वागल पुग्ने गरेको बताएका छन् । ज्वागलमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) का प्रमुख सल्लाहकार कुमार व्याञ्जनकारको निवास छ ।
उनले यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको राजनीतिक चरित्रमाथि प्रश्न उठाउँदै उनीहरू दोहोरो चरित्र भएका राजनीतिक पात्र हुन् वा जासुस भन्ने प्रश्नसमेत गरेका छन् ।
बाँस्कोटाले लेखेका छन्, ‘बिहान गायत्री मन्त्र जप्नुअघि नै बालेन ढाल्ले नै हो भनेर घोक्रो सुकुञ्जेल कराउनेहरू साँझको आरतीपछि ज्वागल पुग्ने रहेछन । डबल स्ट्यान्डर्ड राजनीतिक पात्र हुन् कि जासुस ? सुनेर छक्क परियो ।’