काठमाडौं । नेपाली बजारमा आज पनि सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। सुनको मूल्य १ हजार ९०० र चाँदी ३० रुपैयाँले घटेको हो।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६७ हजार २०० कायम भएको छ। अघिल्लो दिन सोमबार प्रतितोला सुनको मूल्य २ लाख ६९ हजार १०० पुगेको थियो।
महासंघका अनुसार आज चाँदी प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सोही परिमाणको चाँदी ३ हजार ५२० रुपैयाँमा खरिदबिक्री भएको थियो।