काठमाडौं । आन्तरिक राजस्व विभागले वस्तु व्यापार कारोबारतर्फ सबैभन्दा बढी कर तिर्ने सीजी इम्पेक्स प्रालिलाई सम्मान गरेको छ।
कर दिवसको अवसरमा विभागले कम्पनीलाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको हो।
बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्याएकाले यो सम्मान गरिएको विभागले जनाएको छ।
यसबाट अन्य करदाताका लागि प्रेरणाको स्रोत बन्दै थप योगदानको अपेक्षा गरेको विभागले सम्मानपत्रमा उल्लेख गरेको छ।
उक्त सम्मानपत्र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीजीका निर्वाण चौधरीलाई प्रदान गरेका थिए।
