काठमाडौँ । साताको पहिलो कारोबार दिन मंगलबार सेयर बजार परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से १२.१९ अंकले घटेर २६३६.१० विन्दुमा पुगेको हो ।
आज कारोबारमा आएका ३५३ कम्पनीका १ करोड १२ लाख ९३ हजार ४५० कित्ता सेयरहरू ४८ हजार ७८८ पटक किनबेच हुँदा ४ अर्ब ७३ करोड ११ लाख ७८ हजार रुपैयाँको कारोबार भएको छ ।
मंगलबार म्याचुअल फण्ड समूह ०.०२ अंकले बढ्दा अरु सबै उपसुचकमा गिरावट आएको छ ।
उपर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्य ११.८४ प्रतिशतले बढ्दा सेन्ट्रल फाइनान्सको सेयर मूल्य ६ प्रतिशतले, एपोलो हाइड्रोपावरको सेयर मूल्य ५.६५ प्रतिशतले बढेको छ ।
यता, एभरेष्ट कलरको सेयर मूल्य ५.३६ प्रतिशतले घटेको बजारमा सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्य ४.८६ र विजय लघुवित्तको सेयर मूल्य ४.४९ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा ७ प्रतिशत नबिल बैक डिभेन्चर २०८९ २८ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार सहित शीर्षस्थानमा रहेको छ ।
