काठमाडौँ, असोज ३ – भारतमा शुक्रबार ९२ हजार ९६९ कोरोना संक्रमित थपिएका छन् भने सोही दिन ९५ हजार ५१२ जना कोरोनामुक्त भएका छन् ।
भारतमा कोरोना संक्रमण देखिएको २३२ दिन बितिसकेको छ । यसबीचमा कोरोना संक्रमित भन्दा निको हुनेको संख्या धेरै देखिएको यो छैटौंपटक हो । यसअघि फेब्रुअरी १४ मा कोरोना संक्रमितभन्दा कोरोनाबाट निको हुने बढी देखिएका थिए ।
भारतमा शनिबारसम्म ५३ लाख ५ हजार संक्रमित देखिइसकेका छन् । यीमध्ये ४२ लाख ५ हजार २०१ जना निको भइसकेका छन् । १० लाख १५ हजार ९८१ बिरामी उपचाररत छन् । यसबीचमा कोरोना संक्रमणबाट ८५ हजार ६२५ जनाले ज्यान गुमाइसकेका छन् ।
यसैबीच दिल्लीको उच्च अदालतले यहाँका निजी र सरकारी विद्यालयलाई गरिब विद्यार्थीका लागि अनलाइन शिक्षाको लागि ग्याजेट र इन्टरनेटको सुविधा उपलब्ध गराउन आदेश दिएको छ । अदालतले विद्यार्थी शुल्कमा यसलाई समावेश नगर्न पनि भनेको छ ।
FACEBOOK COMMENTS