काठमाडौं, असोज १९ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको दोस्रो दिन आज (सोमबार) घटेको छ । आज नेप्से ३.६३ अंकले बढेर १ हजार ५८२ दशमलव १२ विन्दुमा कायम भएको छ ।
नेप्सेका अनुसार सोमबार २ अर्ब ५७ करोड ८६ लाख ७ हजार ८८ रुपैयाँको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये ५ वटा समूहबाहेक अन्य सबै समूह राताम्मे भएका छन् ।
कूल १९३ वटा कम्पनीको ९५ लाख १८ हजार ७ सय ६५ कित्ता शेयर खरिदबिक्री भएको छ । स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ७ वटा उपसमूहको शेयर घटेको छ भने बाँकी ५ वटा उपसमूहको शेयर मात्र बढेको छ ।
त्यसैगरी, सोमबार सबैभन्दा धेरै कामना सेवा विकास बैंक र रैराङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
FACEBOOK COMMENTS