काठमाण्डौँ — नेपाल–क्यानाडा आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, लगानी, प्रविधि आदान–प्रदान सम्भाव्यता खोजी लगायतका विषयमा राजधानीमा छलफल भएको छ ।
नेपाल भ्रमणमा आएको क्यानेडियन संसदका माननीय सांसद ब्राड ट्रोस्टको नेतृत्वमा रहेको उच्चस्तरीय पाँच सदस्यीय प्रतिनिधिमण्डल र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष्य भवानी राणाको नेतृत्वमा नेपाली उद्यमी व्यवसायीहरू यस्तो छलफल भयो ।
उद्योगी व्यवसायीहरूले विशेषगरी नेपालमा व्यवसायिक कृषि, हस्तकलाका सामाग्री, औषधी, पर्यटन, उर्जा लगायतका क्षेत्रमा क्यानडाबाट लगानी, प्रविधि, बजार प्रवद्र्धन लगायतका क्षेत्रमा दरिलो सहयोग खोजेको स्पष्ट पारेका थिए ।
क्यानेडियन प्रतिनिधिमण्डलका सांसद माननीय ट्रोस्टले क्यानेडियन लगानी आकर्षणका लागि सरकार–सरकार, जनस्तर–जनस्तर, निजी क्षेत्र–निजी क्षेत्र बीच सम्पर्क विस्तार गर्नुपर्ने, क्यानडास्थित गैर आवासीय नेपाली संघसंग सम्पर्क विस्तार गर्नुपर्ने सुझाव दिनुभयो ।
FACEBOOK COMMENTS